बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला लघुवित्तले गर्‍यो लाभांश संशोधन, बढायो बोनस सेयर

शनिबार, ०६ कात्तिक २०७८, १३ : ५४
शनिबार, ०६ कात्तिक २०७८

महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । हिजो बसेको कम्पनीको सञ्चालक समितिको ३६ औं बैठकबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश संशोधन गरेको हो । अब कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने छ । नगद र बोनस गरेर कम्पनीले चुक्ता पुँजी १० करोडको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।  यसअघि कम्पनीले ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप