ad

जसपाका क्षेत्रीय अध्यक्षसहित माओवादीमा प्रवेश

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0

जनता समाजवादी पार्टीका नगर तथा  क्षेत्रीय अध्यक्षसहित पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।   


काठमाडौँस्थित माओवादी अध्यक्ष  प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष  प्रचण्डले नव प्रवेशीहरुलाई  टीका र माला लगाएर  पार्टी प्रवेश गराई स्वागत गरेका थिए  । जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेको  माओवादीका स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए । क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको  एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।