शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा ४०० ले बढ्यो सुनको मूल्य

शनिबार, ०६ कात्तिक २०७८, १३ : ३०
शनिबार, ०६ कात्तिक २०७८

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ४०० ले उकालो लागेको बताएको हो । यो साताको पहिलो कारोबार दिन कात्तिक १ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ४०० ले बढेर ९१ हजार ७०० रुपैयाँमा आइपुगेको हो ।

यस्तै, कात्तिक १ गते तेजाबी सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ थियो । यसबीचमा पहिलो कारोबार दिनदेखि साताको अन्तिम कारोबार दिनसम्म ४०० ले बढेको महासंघले जानकारी दिएको छ । यसका साथै साताभरमा चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । 

कात्तिक १ गते तोलमा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप