लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने हामी नै हौ : ओली
शनिबार, ०६ कात्तिक २०७८, ०६ : ००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नै देशमा लोकतान्त्रिक प्रणालीको भवन निर्माण गरेको दावी गरेका छन् । शनिबार देशभरका पार्टी वडा अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफुहरु अर्काले ल्याएको लोकतन्त्रको पालीमा ओत नलागेको भन्दै लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै आफुहरु भएको बताए ।
‘लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै हामी हौ’, अध्यक्ष ओलीको भनाइ छ । उनले राष्ट्रको उपलब्धिका पछाडि एमालेको असाधारण भूमिका रहेको भन्दै वैचारिक, सांगठनिक हिसाबले पनि एमालेको असाधारण भूमिका रहेकाले पार्टीको आन्तरिक जीवन पनि लोकतान्त्रिक हुनुपर्ने बताए ।
उनले अनुशासित समाज र पार्टी निर्माण गर्न हरेक व्यक्ति अनुशासित र जिम्मेवार हुनुपर्ने भन्दै लोकतन्त्रको महत्वपूर्ण कुरा जीवन्त छलफल र आत्मीय सम्बन्धको समझदारी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी