सम्पर्कविहीन शेर्पा खोज्न थप जनशक्ति परिचालन
शनिबार, ०६ कात्तिक २०७८, १२ : ०९
नेपाल पर्वतारोहण संघ (एनएमए)ले मेरा पिक आरोहण गरी फर्कने क्रममा सम्पर्कविहीन भएका आरोही खोज्न आधुनिक उपकरण परिचालन गरेको छ । संघले हराएका छेतेन शेर्पालाई खोज्न उपकरण र उद्धारकर्ता परिचालन गरेको हो ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पछिल्लो चार दिनदेखि सम्पर्कविहीन भएका शेर्पाको खोजीका लागि थप जनशक्ति खटाउने निर्णय गरेको हो । मेरा पिकको सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।
संघले आरोहणका लागि लगेको कम्पनी तथा अन्य सरकारी निकायसँगको समन्वयमा उनको खोजी कार्यलाई जारी राखेको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत