बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी महर्जनलाई चेम्बरले दियो श्रद्धाञ्जली

शनिबार, ०६ कात्तिक २०७८, १२ : ०२
शनिबार, ०६ कात्तिक २०७८

नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य तथा सुन, चाँदी, रत्न, आभुषण, खानी तथा भूगर्भ समितिका सभापति रमेश महर्जनलाई चेम्बरले श्रद्धाञ्जली दिएको छ । यही कात्तिक १ गते मृत्यू भएका महर्जनको मृत्युको शोक सभा आयोजना गर्दै चेम्बरले श्रद्धाञ्जली गरेको हो ।

कार्यक्रममा स्वर्गीय रमेश महर्जनको तस्वीरमा श्रद्धासुमन अर्पण गरी एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा बोल्दै  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरसँग आबद्ध रहि रमेश महर्जनले व्यवसायीको हक हितका लागि लामो समयदेखि सक्रिय रहि कार्य गरेको बताए ।

‘उहाँ नेपाल चेम्बर अफ कमर्स अन्तर्गत, सुन चाँदी रत्न आभूषण, खानी तथा भूगर्भ समितिको सभापति भएर यस क्षेत्रमा गर्नुपर्ने समस्याका समाधानका लागि काम गर्नुका साथै विभिन्न सामाजिक क्षेत्रमा संलग्न रहेर राष्ट्रको सेवामा समर्पित मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो’, मल्लले भने ।

एक्स्पोर्ट हाउसको अवधारणा कार्यान्वयन गरी निर्यात प्रवर्द्धनलाई सरलीकृत गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने चेम्बरको अभियानमा महर्जन अग्रपंक्तिमा भएको मल्लको भनाई थियो । चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजसेवी तथा व्यावसायी महर्जनको असामयिक निधनले नीजि क्षेत्रका व्यावसायिक संगठनहरुले मात्र नभई राष्ट्रले एक कुशल व्यक्तित्व गुमाएको बताए । 

उनले व्यवसायिक हक हितका लागि तयार गरेका योजना तथा नीतिहरूलाई अब उनी पछिका नेतृत्वकर्ताहरुले कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप