शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीले अवरुद्ध भएको विराटनगर विमानस्थल चालु, दिनभर १८ उडान हुँदै

शनिबार, ०६ कात्तिक २०७८, ११ : १२
शनिबार, ०६ कात्तिक २०७८

कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । देशभर परेको अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा तीन दिनदेखि अवरुद्ध थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले आजदेखि विमानस्थलबाट उडान सुरु भएको बताए । ‘आज दिनभरमा १८ वटा फ्लाइट छन् । ती सबै उडान हुन्छन् । अहिले पनि उडान जारी छ’, उनले रातोपाटीलाई बताए ।

कात्तिक ३ गते विमानस्थलमा बाढी पसेपछि ४ र ५ गते विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको प्राधिकरणले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप