प्रभासले १९ वर्षको करियरमा ‘बाहुबली’ लाई मात्रै दिएका थिए ५ वर्ष

‘बाहुबली’ स्टार प्रभासले फिल्म क्षेत्रमा १८ वर्ष पूरा गरेका छन् । ४२ वर्षको उमेरमा प्रभासले दर्जनौँ सुपरहिट फिल्ममा काम गरेका छन् । उनले ‘बाहुबली’ को पहिलो र दोस्रो सीक्वलका लागि मात्रै ५ वर्ष मेहनत गरेका थिए । उनले राजमौली र बाहुबलीका लागि ७ वर्ष पनि दिन तयार भएको बताउँदै आएका छन् । प्रभासले सन् २००२ बाट फिल्ममा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्म सन् २००२ मा ‘ईश्वर’ नामक तेलुगु भाषामा रहेको छ । तर, उनले उक्त फिल्मबाट खासै पहिचान बनाउन सकेनन् । उनले सन् २००४ मा खेलेको ‘वर्षम’ ले भने उनलाई हिरो बनाउन सफल भयो । उनले अभिनय गरेका प्रायः फिल्मले चर्चा बटुलेका छन् ।
प्रभासको वास्तविक नाम वेन्कट सत्यनारायण प्रभास राजु उप्पलापति हो । उनी खानामा सौखिन छन् ।
‘बाहुबली’ फिल्ममा काम गरेपछि उनको नाम अनुष्का शेट्टीसँग जोडिएको थियो । उनीहरुबीच विवाह हुने सम्म हल्ला चलेपछि प्रभासले उनीहरु पारिवारिक रुपमा निकट रहेको र राम्रो साथी मात्रै भएको स्पष्टिकरण दिएका थिए । प्रभासको नयाँ फिल्म ‘राधे श्याम’ र ‘आदिपुरुष’ रिलिजको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल