बुटवलका डिएसपी कुँवरसहित ३ अधिकृत पुरस्कृत
शनिबार, ०६ कात्तिक २०७८, १० : ४४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख सई विमला विकलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो ।
रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्ड प्रदान गर्दै बधाई दिएका थिए । जिल्ला प्रहरी कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगले सम्पादन गरे बापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक
-
प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
-
दुबईको नेपाल फेस्टिभलमा ४० हजार दर्शकको सहभागिता
-
बुधबार राति अमेरिका जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?
-
अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर