शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महामारी विरुद्धको लडाइँमा भारत नेपालको साथमा छ : प्रम मोदी

शनिबार, ०६ कात्तिक २०७८, १० : ११
शनिबार, ०६ कात्तिक २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीविरुद्धको लडाइँमा भारत नेपालसँगै उभिने बताएका छन् । भारतमा १ अर्ब डोज खोप लगाएको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको बधाईको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

‘तपाईंको शुभकामना धन्यवाद प्रधानमन्त्रीज्यू, भारत यस महामारीविरुद्धमा संयुक्तरुपमा नेपालसँगै उभिन दृढ छ । हाम्रो चिरस्थायी सम्बन्ध अझै बढ्दै र बलियो बनोस्,’ सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले लेखेका छन् । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको मद्दतले नै नेपाल दक्षिण एसियामा खोप कार्यक्रम सुरुवात गर्ने भारतपछि दोस्रो मुलुक बनेको थियो ।

बिहीबारसम्म भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । कोरोना भाइरसविरुद्धको खोप अभियानमा यसलाई ठुलो सफलता मानिएको छ । गत सेप्टेम्बर १८ मा भारतले एकै दिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप