शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अश्लील सिन दिएपछि आत्महत्या गर्ने सोच आएको थियो : उर्फी जावेद

शनिबार, ०६ कात्तिक २०७८, ०९ : ३८
शनिबार, ०६ कात्तिक २०७८

बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी भारतीय कलाकार उर्फी जावेदले फिल्मी क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताएकी छन् । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् । ​उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उनको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गरेकी छन् । 

उनी स्वतन्त्रताका लागि घरबाट भागेकी थिइन् । उनी एक रुढीवादी सोच राख्ने परिवारमा हुर्किएकी थिइन् । उनलाई आफ्नो इच्छाअनुसार काम गर्ने अनुमति नभएको उनले अन्तरवार्तामा बताएकी छन् । उनले पहिलो दिनको सुटिङपछि अश्लिल दृश्य गर्न बाध्य पारेपछि आत्महत्याको सोच आएको पनि खुलाएकी छन् । उनले अर्को दिनबाट सुटिङमा जान अस्वीकार गरेपछि निर्माताले उनलाई ४० लाख माग्दै जेल पठाउने धम्की दिएको पनि खुलाइन् । 

उनले सिन दिने क्रममा उनलाई प्रोड्युसरले छुने कोसिस गरेको पनि खुलाइन् । उनले आफ्ना सुरुवाती दिनहरुमा निर्माताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप