जब विवाहित मलाइकाको प्रेममा परे अर्जुन कपूर
मोडलिङबाट बलिउडमा प्रवेश गरेकी मलाइका अरोडाले सन् १९९८ मा फिल्ममा कदम राखेकी थिइन् । उनले सुरुवातमा मणिरतनमको फिल्म ‘दिल से’ को आइटम नम्बर ‘छैया–छैया’ देखि ‘इन्डियन’, ‘मां तुझे सलाम’, ‘कांटे’, ‘हे बेबी’, ‘वेलकम’, ‘हाउसफुल’, ‘दबंग’, र ‘हाउसफुल–२’ जस्ता फिल्ममा पनि उनले आइटम नम्बर गरेकी थिइन् । मलाइकाले ‘ईएमआई’ मा मात्र फिल्ममा काम गरेकी छन् । उनी कुशल डान्सर र टेलिभिजन होस्ट हुन् ।
मलाइकाको फिल्म निर्देशक अरबाज खानसँग सम्बन्धविच्छेद भइसकेको छ । उनको एक छोरा छन् । उनी सुपरस्टार सलमान खानको परिवारकी हुन् । तर, उनी विवाहित हुँदाहुँदै पनि अभिनेता अर्जुन कपूर उनको प्रेममा परे । उनीहरुबीच उमेरको पनि धेरै अन्तर छ । मलाइका अहिले ४८ वर्षकी भइन् भने अर्जुन कपूर ३६ वर्षका भए । यी दुई प्रायः चर्चामा आइरहन्छन् । अर्जुन अरबाज र मलाइकाको परिवारसँग नजिक थिए । तर, पछि अर्जुनसँग प्रेममा परेपछि मलाइका र अरबाजको सम्बन्धविच्छेद भयो । अर्जुन र मलाइकाको उमेर अन्तरका कारणले पनि उनीहरु धेरै चर्चामा आइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण