काँग्रेस महामन्त्री कोइराला भारत प्रस्थान
![काँग्रेस महामन्त्री कोइराला भारत प्रस्थान](https://rpcdn.ratopati.com/media/albums/shashank_koirala_7_LDBrKPOI0o.jpg)
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो ।
बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए ।
१४ औं महाधिवेशन संघारमा काँग्रेस नेताहरुको भारत भ्रमण बाक्लिएको छ । असोजको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सहमहामन्त्री प्रकाशशरण महतको टोली पाँच दिने भारत भ्रमणको गरेर फर्किएको थियो ।
काँग्रेस स्रोतका अनुसार महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको बुझिएको छ । कोइरालाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता