शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टीको इमान्दार कार्यकर्ता हुँ, मुख्यमन्त्रीलाई सघाउँछु : मन्त्री विश्वकर्मा

शनिबार, ०६ कात्तिक २०७८, ०७ : ३५
शनिबार, ०६ कात्तिक २०७८

पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । विनाविभागीय मन्त्री नियुक्त भएको झण्डै दुई सातापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्यमन्त्रीलाई सघाउनु नै आफ्नो दायित्व रहेको प्रष्ट्याए ।

उनले भने, ‘पहिलो चरणमा नै मन्त्री बन्छु भन्ने लागेको थियो । कुराले मिलेन । अहिले आएर पार्टीले मेरो आवश्यकता महसुस गरेपछि मन्त्री बन्ने मौका मिल्यो ।’ 

विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असोज २५ गते मन्त्री नियुक्त गरेका थिए । उनलाई दसैंको मुखमा आएर मुख्यमन्त्री पोखरेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए । डोबाटे काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।

डोबाटे मन्त्री बन्ने चर्चाबीच नियुक्ति नपाएपछि सञ्चारमाध्यमले संवैधानिक व्यवस्थादेखि समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै आवाज उठाएका थिए । ‘म पार्टीको इमान्दार कार्यकर्ता हो, त्यति बेला मेरो नाम हटाउँदा पनि कुनै गुनासो गरेको थिइन’ उनले भने, ‘सवैले मेरो विषयमा आवज उठेपछि पार्टीले अनुभूति गरेर नै अहिले मन्त्रीमा नियुक्ति गरियो ।’

मन्त्री विश्वकर्माले गण्डकी प्रदेशमा आपूmलाई मन्त्री बनाउन वरिष्ठ नेता पौडेलकै विशेष पहल रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप