प्रधानमन्त्री देउवाद्वारा बर्दियाको बाढी पीडित क्षेत्रको अवलोकन
शनिबार, ०६ कात्तिक २०७८, ०७ : २७
प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी थिए ।
कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती