साम्राज्ञीको गीतमा १ लाख पुरस्कार
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ ।
पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकले विजेताको छनौट प्रक्रियाबारे केही उल्लेख गरेको छैन । माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा साम्राज्ञीको अलवा देलविस दर्शनधारी र राज तुम्बाहाम्फे र अलिसा शर्माको अभिनय छ ।
डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते