बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा मारिएका हिन्दुको चिर शान्तिका लागि काठमाडौंमा दीप प्रज्ज्वलन

शुक्रबार, ०५ कात्तिक २०७८, २१ : १३
शुक्रबार, ०५ कात्तिक २०७८

नवरात्रिका अवसरमा बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको पूजा गर्दा इस्लामिक जिहादी समूहबाट भएको आक्रमण तथा हिंसाजन्य घटनामा परी मृत्युवरण गरेकाहरूको चिर शान्तिको कामना गर्दै काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।

शुक्रबार विश्व हिन्दु परिषद् नेपालले काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरी बंगलादेशमा भएको उक्त हिंसात्मक घटनामा मारिएका हिन्दु धर्मावलम्बीको चिर शान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले ‘इस्लामिक जिहादीविरुद्ध एक हौं’, ‘मानवता विरोधी इस्लामिक जिहादी मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप