भीम रावलले राजीनामा दिने परिस्थिति बन्दासम्म एमालेले भन्यो– दस बुँदे सफलतापूर्वक कार्यान्वयनमा
नेकपा एमालेको स्थायी कमिटी बैठकले दस बुँदे प्रस्ताव आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । तर, १० बुँदे कार्यान्वयन नभएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले आजै सो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले बैठकबाट केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा तीव्र असन्तुष्टि जनाएका छन् भने फरक मत नै राखेका छन् । तर, एमालेले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले दस बुँदे प्रस्ताव आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । तर केही स्थानमा कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरेको छ ।’
एमाले बैठकले कार्यविभाजन हुन बाँकी नेताहरुको कार्यविभाजन आगामी बैठकबाट गर्ने निर्णय पनि गरेको छ । आगामी बैठक स्थायी कमिटीको कात्तिक ११ र केन्द्रीय कमिटीको बैठक १२ गते बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण