शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीम रावलले राजीनामा दिने परिस्थिति बन्दासम्म एमालेले भन्यो– दस बुँदे सफलतापूर्वक कार्यान्वयनमा

शुक्रबार, ०५ कात्तिक २०७८, २० : ४७
शुक्रबार, ०५ कात्तिक २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठकले दस बुँदे प्रस्ताव आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । तर, १० बुँदे कार्यान्वयन नभएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले आजै सो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले बैठकबाट केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा तीव्र असन्तुष्टि जनाएका छन् भने फरक मत नै राखेका छन् ।  तर, एमालेले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले दस बुँदे प्रस्ताव आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । तर केही स्थानमा कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरेको छ ।’

एमाले बैठकले कार्यविभाजन हुन बाँकी नेताहरुको कार्यविभाजन आगामी बैठकबाट गर्ने निर्णय पनि गरेको छ । आगामी बैठक स्थायी कमिटीको कात्तिक ११ र केन्द्रीय कमिटीको बैठक १२ गते बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप