प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम
नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।
न्यायाधीश कार्कीको संयोजकत्वमा गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा देखिएको गलत कार्यलाई रोक्न स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न सुझाव दिइएको थियो ।
एशोसिएसनले यो विषयमा छलफल गर्न कात्तिक ७ गते प्रधानन्यायाधीश जबरालाई भेट्ने र त्यसपछि थप निर्णय लिने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण