बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम

शुक्रबार, ०५ कात्तिक २०७८, २२ : ०८
शुक्रबार, ०५ कात्तिक २०७८

नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।

न्यायाधीश कार्कीको संयोजकत्वमा गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा देखिएको गलत कार्यलाई रोक्न स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न सुझाव दिइएको थियो ।

एशोसिएसनले यो विषयमा छलफल गर्न कात्तिक ७ गते प्रधानन्यायाधीश जबरालाई भेट्ने र त्यसपछि थप निर्णय लिने निर्णय समेत गरेको छ । 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप