सीके राउतको विरोधमा उत्रिइन् राज्यमन्त्री कर्ण
प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सरकारी कर्मचारीमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कर्णले संघीयताको जननी प्रदेश २ मा यस्तो कानुनी राज्यको उपहास र दण्डहीनताको पराकाष्ठा नाघ्नेगरी गरिएको कार्य निन्दनीय भएको प्रस्ट पारेकी छन् । यद्यपि विज्ञप्तिमा भने उनले सीके राउत र उनको पार्टीको नाम उल्लेख गरेकी छैनन् ।
बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका थिए ।
‘नेपालको संविधानको अधिनमा रही बाँच्न पाउने अधिकार सबैको छ,’ राज्यमन्त्री कर्णले विज्ञप्तिमा भनेकी छन्, ‘कसैले कुनै पनि किसिमको अपराध गरे नेपालको कानुनको अधिनमा रही न्यायिक र संवैधानिक निकायले कारवाही गर्ने व्यवस्था हुँदाहुँदै एक जिम्मेवार संगठनको झन्डामुनि भएको गैरकानुनी कामको सत्यतथ्य छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
उनले घटनास्थलमा प्रशासनिक उपस्थितिमा राष्ट्रसेवकमाथि भएको घटनामा सिंगो प्रशासनिक निकायमाथि जनविश्वास गुम्न सक्ने भएकाले समयमा यस्ता घटनाप्रति सचेत हुन पनि सबै पक्षलाई ध्यानाकर्षण गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण