२०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू एमाले महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय
नेकपा एमालेले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका तथा नवीकरण गराएकाहरु प्रतिनिधि बन्न पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको ज्ञवालीले बताए । यस्तै प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
यस्तै महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी संगठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि भएको छ । बैठकले १० बुँदे कार्यान्वयन अर्को स्थायी कमिटी बैठकअघि गरिसक्न प्रयास गर्ने निर्णय पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण