इञ्जिनियर कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको प्रक्रिया सुरु भइसक्योः गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सी.डी.ई.राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही सुरु भइसकेको बताएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा कुशवाहामाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताए । ‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ ।’ उनले आज प्रहरीले कुशवाहामाथि दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्तालाई अपराधिक उपद्रव मुद्दा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।
कुशवाहालाई हिजो कार्यालयमा पुगेर जनमत पार्टीका कार्यकर्ताले दुव्र्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । आज गृहमन्त्री खाणलाई सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधि मण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामति कर्मचारी युनियनको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
सबै ज्ञापन पत्रमा कुशवाहमाथि भएको भएको व्यवहार निन्दनीय र भत्सनायोग्य भएको भन्दै कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापन पत्रहरूमा माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण