मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेताले गल्तीले चलाए गोली : फिल्मको सेटमा सिनेमेटोग्राफरको मृत्यु, निर्देशकको अवस्था गम्भीर

शुक्रबार, ०५ कात्तिक २०७८, १७ : ३५
शुक्रबार, ०५ कात्तिक २०७८

हलिउड फिल्म रस्टको सेटमा एउटा ठूलो दुर्घटना भएको छ । यहाँ अभिनेता एलके बाल्डविनले सुटिङका बेला प्रप गनमार्फत् फायर गरे तर त्यो सिनेमेटोग्राफरलाई लाग्यो र उनको घटनास्थलमा नै मृत्यु भाये । सिनेमेटोग्राफरको नाम हलिना हचिन्स थियो र उनी ४२ वर्षकी थिइन् । स्मरण रहोस् प्रप गन नक्कली हुँदैन् । यो सक्कली नै हुन्छन् तर यसमा गोलीको साटो ब्ल्याक कार्टरिज भनिन्छ । मिडिया रिपोर्ट अनुसार बाल्डविनले जुन बन्दुक चलाए, त्यसमा केही समस्या थियो र ब्ल्याक फायर गर्ने बेला उक्त दुर्घटना भएको हो ।

फिल्मका निर्देशक पनि गम्भीर घाइतेः

फिल्मको सुटिङ न्यू मेक्सिको शहरको बोनान्जा क्रिक रेन्च फिल्म सेटमा भइरहेको थियो । दुर्घटनापछि हलिनालाई तुरुन्त अल्बुकर्कको न्यू मेक्सिको अस्पताल लगिएको थियो । तर उनको ज्यान भने जोगाउन सकिएन । यो दुर्घटनामा फिल्मका लेखक–निर्देशक जोएल सूजा गम्भीर रुपमा घाइते भएका छन् । सूजा हाल अस्पतालमा भर्ना छन्, जहाँ उनको उपचार भइरहेको छ ।

यद्यपि, प्रहरीले अहिलेसम्म कसैमाथि आपराधिक मुद्दा दर्ता गरेको छैन । प्रहरी अधिकारीका अनुसार उनीहरु सुटिङमा भएका क्रु सदस्यसँग सोधपुछ गरेर मुद्दा चलाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप