घर तथा सहकारी फोरेर लाखौँ धनमाल चोर्ने युवक पक्राउ
शुक्रबार, ०५ कात्तिक २०७८, १७ : २५
प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी चोरीमा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर नाम गरेका युवालाई पक्राउ गरेको हो ।
मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल,कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।
कात्तिक ४ गते कोटेश्वरबाट पक्राउ परेका मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु