२४६६ जनाले दोहोरो भत्ता लिएको खुलासा
सरकारी कोषबाट २४ सय ६६ जनाले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको पाइएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था बमोजिम कट्टा गरेको जनाएको छ ।
विभागले असोज २४ गते देशभरका सवै स्थानीय तहलाई परिपत्र जारी गर्दै लाभग्राहीमध्ये कसैले निवृत्तिभरण नलिएको पुष्ट्याई सहित प्रमाण पेश गरे तथ्य यकिन गरी पुन नियमअनुसार लागत कायम गर्न अनुरोध गरेको छ ।
त्यस्तै ८४ हजार ७ सय ६३ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले निवृत्तिभरण समेत लिएको हुनसक्ने तथा सोबारे स्थानीय तहबाट थप पुस्ट्याई गर्नुपर्ने देखिएकोले वास्तविकता यकिन गरी उक्त लाभग्राहीहरुले निवृत्तिभरण समेत प्राप्त गरेको पाइएमा स्थानीय तहबाटै लागत कट्टा गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण