थप ७०८ जनामा कोरोना पुष्टि, देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित
शुक्रबार, ०५ कात्तिक २०७८, २१ : ५५

पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमित ९ लाख २ हजार १ जनामध्ये ७ लाख ८५ हजार ८१३ जना निको भएका छन् भने कुल ११ हजार ३३७ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९७.२ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
-
दुबईको नेपाल फेस्टिभलमा ४० हजार दर्शकको सहभागिता
-
बुधबार राति अमेरिका जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?
-
अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर
-
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी
-
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो