चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ५२
![चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत](https://rpcdn.ratopati.com/media/albums/RS-KTM-President_Bhanday_and_Brajil_a_WQ2jooCXob.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतहरु क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
त्यसअवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए