शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठक  : १० बुँदेमाथि छलफल

शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ५१
शुक्रबार, ०५ कात्तिक २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि बसेको छ । बिहीबार शुरु भएको बैठक शुक्रबार दोस्रो दिन पनि बसेको हो । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा १० बुँदे कार्यान्वयनमा आएको समस्या, पार्टीको १० औं महाधिवेशन तयारी र अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै मुल व्यवस्थापन तयारी समिति बनाएको थियो । साथै,बैठकमा तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेबारे दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै पार्टी एकतालाई बिथोल्ने प्रयास किन गरेको भनेर सोधेका थिए ।

खासगरी शुक्रबारको बैठकमा १० बुँदेमा देखिएको समस्यामाथि छलफल गर्दै समाधानको उपाय निकाल्ने बुझिएको छ । बिहीबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले शुक्रबारको बैठकमा कार्यदलको सुझाव अनुसार समस्या समाधान गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप