प्रदेश १ का मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने
शुक्रबार, ०५ कात्तिक २०७८, १७ : १७
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए ।
उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक कमलाको प्रचारमा मिसेल, के भनिन् ?
-
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा ३२ खेल पुग्यो
-
ग्लोबल आइएमई बैंक 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित
-
लज्जास्पद हारसँगै बार्सिलोनाको रेकर्ड बराबरी गर्न सकेन रियलले
-
इजरायल–हमास युद्धबारे यस्तो छ नेपालको नीति
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची