एमाले १० औं महाधिवेशन : उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने तयारी
एमालेको १० औं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेलगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।
पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने तयारी रहेको जानकारी दिए । प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभै पाँच दलीय गठबन्धनसँग भएको बताए ।
पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण