ad

संसारकै ठूलो डाइनोसोरको अवशेष ७.७ मिलियन डलरमा बेचियो

person explore access_timeकात्तिक ५, २०७८ chat_bubble_outline0

अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति (ट्राइसेरेटप्स)को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ) मा बेचिएको छ । स्नेहसाथ ‘बिग जोन’ नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन अमेरिकी डलर (१.५ युरो) मा लिलामीमा राखिए पनि त्यसभन्दा बढी मूल्यमा बेचिएको हो ।  फ्रान्सको पेरिसस्थित ‘ड्रोउट अक्सन हाउस’मा बिहीबार दिउँसो कारोबार भएको थियो, जहाँ ‘बिग जोन’लाई अन्य संकलित अवशेष, उल्कापिण्ड र अन्य प्राकृतिक इतिहास झल्काउने कलाकृतिसँगै राखिएको थियो ।


उत्खननपछि माटोले पुरिएको उक्त डाइनोसरको अवशेष इटालीमा सुरक्षित रूपमा संगृहित गरिएको थियो, जहाँ पुरातत्वविद्ले यसको वास्तविक आकार पत्ता लगाएका थिए । करिब ९ फिट लामो खप्पर तथा साढे ६ फिट चौडाइ रहेको ‘बिग जोन’को अस्थिपञ्जर अझै ६० प्रतिशतभन्दा बढी दुरुस्त छ । युकेको नेचर हिस्ट्री म्युजियमका अनुसार ट्राइसेराटप्स खप्पर उद्विकासका क्रममा भएको प्राप्ति हो र यो उभयचरमध्ये अनौँठो पनि हो । 



यद्यपि, ‘बिग जोन’को बिक्रीबाट सबैजना उत्साहित हुने स्थिति चाहिँ छैन । यसअघि, सन् २०२० सेप्टेम्बरमा टिरानोसरस रेक्स (स्टान) अवशेष अघिल्ला कीर्तिमान तोड्दै ३१।८ मिलियन अमेरिकी डलर (करिब साढे तीन अबै रुपैयाँ) मा बिक्री गरिएको थियो । यसप्रति सोसाइटी अफ भर्टेब्रेट प्यालेन्टोलोजी (एसभिपी) अक्सन हाउसमा विशेष चासो देखाएको थियो ।



‘अवशेषका नमूना निजी व्यक्तिलाई बेच्नु भनेको सम्भवतः विज्ञानका लागि नोक्सानी हो,’ एसभिपीले भनेको छ, ‘यदि वैज्ञानिकलाई अध्ययनका लागि पहुँच दिइए पनि निजी स्वामित्वमा रहेको नमूनाको सूचनाको दायरा सीमित हुन्छ र भविष्यमा अन्य अनुसन्धाताले यस्तो पहुँच पाउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।  तसर्थ, वैज्ञानिक दाबीलाई प्रमाणीकरण गर्न मुस्किल पर्छ ।’







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।