शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ

शुक्रबार, ०५ कात्तिक २०७८, १२ : २१
शुक्रबार, ०५ कात्तिक २०७८

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् ।

किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बिहीबार राती पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप