शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला लघुवित्तको लाभांश परिमार्जन, अब सेयरधनीले ४७.५ प्रतिशत बोनस सेयर पाउने

शुक्रबार, ०५ कात्तिक २०७८, ११ : ५६
शुक्रबार, ०५ कात्तिक २०७८

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको नगदसहित बोनस सेयर वितरणको परिमाण संशोधन गर्दै अब सेयरधनीहरूलाई ४७.५ प्रतिशत नगद लाभांश दिने भएको हो । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयररधनीहरुलाई ५ प्रतिशत नगद लाभांशसहित ४५ प्रतिशत बोन सेयर दिने घोषणा गरेको थियो । 

तर, नियामक राष्ट्र बैंकको पछिल्लो निर्देशन आएसँगै कम्पनीले लाभांश संशोधन गरेको हो । संशोधित लाभांशसँगै अब लघुवित्तका सेयरधनीले ४७.५ बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

यद्यपि, लाभांश भने कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप