शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आलमको मुद्दामा आज पेसी

शुक्रबार, ०५ कात्तिक २०७८, ११ : १०
शुक्रबार, ०५ कात्तिक २०७८

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुँदैछ । यसअघि पटक पटक पेसी तोकिए पनि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाई स्थगित हुँदै आएको छ ।

आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप