शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना
दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् ।
आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् । तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ ।
प्रेमकथामा निर्माण हुन लागेको फिल्मका सलोन र रुविना प्रेम जोडीको रुपमा देखिनेछन् । ‘डाँडाको वर पीपल’ मा पनि सलोन र रुविना प्रेम जोडीको रुपमा देखिएका थिए फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको वर पीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई