शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फाइजर भ्याक्सिनको बुस्टर डोज कोरोनामाथि ९५.६ प्रतिशत प्रभावकारी

शुक्रबार, ०५ कात्तिक २०७८, ११ : ०६
शुक्रबार, ०५ कात्तिक २०७८

अमेरिकी कम्पनी फाइजर–बायोएनटेकको कोरोनो भ्याक्सिनको बुस्टर डोजले संक्रमणबाट ९५.६ प्रतिशत सुरक्षा प्रदान गर्दछ । कम्पनीले १६ वर्ष माथिका १० हजार व्यक्तिमाथि ११ महिनासम्म गरिएको ट्रायलको जानकारी बिहिबार जारी गरेको छ । यसमा पत्ता लागेअनुसार फाइजर भ्याक्सिनको दोस्रो डोज लिएपछि ८४ प्रतिशतसम्मको र तेस्रो (बुस्टर) डोज लिएपछि संक्रमणबाट ९५.६ प्रतिशतसम्म बचाउन सकिन्छ ।

फाइजर बायोएनटेकका अनुसार जब डेल्टा भेरियन्ट संसारमा तीब्र रुपमा फैलिरहेको थियो, त्यतिबेला मानिसहरुमाथि ट्रायल गरिएको थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोर्लाले ट्रायलको नतिजामार्फत् बुस्टर डोज लिएपछि संक्रमणबाट राम्रो तरिकाले सुरक्षित हुन सकिने पत्ता लागेको बताएका छन् ।

थुप्रै देशले बुस्टर डोज लगाउन सुरु गरेः

कम्पनीले ट्रायलको सुरुवाती डाटा यथाशीघ्र नियामक एजेन्सीसँग साझा गरिने बताएको  छ । स्मरण रहोस्, थुप्रै देशले आफ्ना नागरिकको प्रतिरोधी क्षमता बढाउनका लागि कोरोना भ्याक्सिनको बुस्टर डोज लगाउन सुरु गरिसकेका छन् ।

ट्रायलमा कुन उमेर समूहका मानिस संलग्नः

ट्रायलमा समावेश मानिसहरु लगभग ५३ वर्षका थिए । यीमध्ये ५५.५ प्रतिशत मानिसहरु १६ देखि ५५ वर्षका थिए जबकी २३.३ प्रतिशतको उमेर ६५ वर्ष वा सोभन्दा बढी थियो ।

अमेरिकामा बुस्टर डोजका लागि कस्ता छन् नियम ?

अमेरिकाको फेडरल फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले सेप्टेम्बरमा नै भ्याक्सिनको बुस्टर डोज लगाउन अनुमति दिइसकेको छ । यद्यपि, त्यहाँ ६५ वर्ष माथिका र उच्च जोखिममा रहेकाहरुलाई मात्रै बुस्टर डोज दिइँदैछ ।

बेलायतमा १८ वर्ष माथिकालाई बुस्टर डोजः

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले अक्टोबरको सुरुवातमा नै १८ वर्षभन्दा माथिकालाई बुस्टर डोज दिने अनुमति दिएको छ । यूरोपमा इएमएले चाहेको उमेरसमूहलाई बुस्टर डोज दिन सक्ने छुट दिइएको छ ।

इजराइलमा उमेरको दायरा सबैभन्दा कमः

इजराइलले आफ्ना स्वास्थ्य अधिकारीलाई १२ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप