मानवसेवा आश्रमद्वारा ३९ जनाको उद्धार, २३ जनाको पुनर्मिलन
शुक्रबार, ०५ कात्तिक २०७८, १० : २१
दसैँको समयमा मानवसेवा आश्रमले देशभरबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए ।
देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म "यसपालीको दशैँमा कोही पनि मानिस सडकमा नरहून्" अभियान सन्चालन गरेको थियो ।
आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत गरेको छ । १८ जनाको पारिवारिक पुनर्मिलन गरेको र ५ जनाको सामुदायिक पुनर्स्थापना गरेको छ ।
२ जना भारतीय नागरिकको समेत करिब १० घण्टा लामो रेल यात्रा गरेर पुनर्मिलन भएको छ । यसैगरी ४ जनाको आश्रममा नै कालगतिले निधन भएको आश्रमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख