सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा ५ जना भेटिए मृत अवस्थामा

शुक्रबार, ०५ कात्तिक २०७८, ०८ : ०९
शुक्रबार, ०५ कात्तिक २०७८

लुम्बिनी प्रदेशमा ५  जना जना पानीमा  डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि  पानीमा डुबेको अवस्थामा ५  जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।

त्यस्तै सोही जिल्ला सोही वडाको  लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको  प्रहरीले जनाएको छ ।  

त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी  ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला पारेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप