सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानीमा डुबेको अवस्थामा ३ जनाको शव भेटियो

शुक्रबार, ०५ कात्तिक २०७८, ०८ : ०८
शुक्रबार, ०५ कात्तिक २०७८

पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ३  जना मानिसको शव फेला परेको छ । नवलपरासी (पुर्व) को त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ वर्षीय जखुमाया चौहानको शव फेला परेको छ । त्यस्तै सोही, सोही वडाको लालेघाटस्थित बिनयी खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  

त्यस्तै, कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी  ३२ वर्षीय पुरुष मृत फेला परेका छन् ।  यता, पाल्पाको प्रहरीले कालीगण्डकी नदीमा अन्दाजी ४५ बर्ष उमेर समूहका दुई जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप