प्रहरीको रासन भत्ता वृद्धि गरिँदै
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ ।
नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ । एउटा सिपाहीले कम्तीमा चार हजार रूपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन । अब १५ प्रतिशत थप हुनेछ । काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'