अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
बिहीबार, ०४ कात्तिक २०७८, २२ : ५१
डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहु खर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन ।
बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?