शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको जिम्मेवारी

बिहीबार, ०४ कात्तिक २०७८, २२ : ३२
बिहीबार, ०४ कात्तिक २०७८

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप