सीके राउतका ६२ कार्यकर्ता पक्राउ
बिहीबार, ०४ कात्तिक २०७८, २१ : २४

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
पक्राउ परेकाहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजार घुमाउने सहितका दुव्र्यवहार अमानवीय र अपराधिक घटना भएको भन्दै आपत्ति जनाए ।
नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन