शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतका ६२ कार्यकर्ता पक्राउ

बिहीबार, ०४ कात्तिक २०७८, २१ : २४
बिहीबार, ०४ कात्तिक २०७८

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

पक्राउ परेकाहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए  । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजार घुमाउने सहितका दुव्र्यवहार अमानवीय र अपराधिक घटना भएको भन्दै आपत्ति जनाए । 

नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप