दश बुँदे राष्ट्रव्यापी बनाउनुपर्ने विषय नै होइन : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनलाई लिएर राष्ट्रव्यापी चर्चाको विषय बनाइरहनुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारले १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे सोधेको प्रश्नमा प्रवक्ता ज्ञवालीले १० धेरै ठाउँमा कार्यान्वयन भइसकेको भन्दै केही ठाउँका सवालमा छलफल गरेर टुंग्याइने बताए ।
‘यसलाई अब राष्ट्रव्यापी रुपमा चर्चाको विषय बनाइरहनुपर्ने अवस्था छैन । किनभने यो अधिकांश ठाउँमा कार्यन्वयन भएर परिणाम जे ल्याउनु थियो ल्याइसक्यो । केही ठाउँमा कार्यन्वयन समस्या छ, हामी त्यहाँ केन्द्रीत भएर छलफल गर्छौ, मलाई लाग्छ भोलिको बैठकले धेरै कुरा टुंग्याउँछ,’ ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले १० बुँदे कार्यान्वयनमा समस्या देखिएका ठाउँमा सुझाव दिन बनेको कार्यदलको बैठकले शुक्रबारको बैठकमा सुझाव पेश गर्ने भन्दै अधिकांश कमिटीहरु जेठ २ मा फर्किइसकेको र सिंगो पार्टीले लय लिइसकेको दावी गरे । उनले केही ठाउँमा स्थानीय अन्तरविरोध रहेका ठाउँको पनि समस्या हल हुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते