एमाले दशौँ महाधिवेशन : बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा को–को ?
एमालेले नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले थापाको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको हो । महाधिवेशन सफल पार्न सातै प्रदेशका एक–एक जना प्रतिनिधि नछुट्ने गरी २१ सदस्यीय कमिटी गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
उनका अनुसार मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावललगायत रहेका छन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
बैठकले गत असोजमा सम्पन्न विधान महाधिवेशनको समिक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ । साथै उक्त महाधिवेशनले पार्टीमा भावनात्मक एकताको सन्देश प्रवाह गर्न र उर्जा प्रदान गर्न सफल भएको ठहर पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बैठकले हालै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित किसान लगायतलाई राहत र उद्धारको काम गर्न सरकारसँग माग गरेको छ । आफ्नो पार्टी कमिटीलाई बाढी, डुबान र पहिरोमा परेकाहरुको उद्धारमा खटिन निर्देशन समेत दिएको छ ।
बैठकले राज्यका अंगहरु र सामाजिक संस्थामा सरकारी पक्षको हस्तक्षेपको निन्दा गर्दै निन्दा र भर्त्सना गरेको छ । त्यस्तै एमालेले बाढी प्रभावित क्षेत्रको वडा र पालिका अधिवेशन पर सार्ने स्थानीय तहको निर्णयलाई स्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’