शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धरानमा यस्तो छ बाढी पहिरोको क्षति

बिहीबार, ०४ कात्तिक २०७८, २० : ००
बिहीबार, ०४ कात्तिक २०७८

कात्तिक २ गते आएको अविरल वर्षाका कारण धरानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै सेउती र सर्दू खोलामा आएको बाढीले भौतिक संरचनाहरुमा क्षति पुगेको छ । वडा नं. १३ नागेश्वर मार्गमा पहिरोले घर पुरिँदा २ जना बच्चाको मृत्यु भएको छ ।

धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, ईलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका डीएसपी कृष्णकुमार श्रेष्ठ र इञ्जिनियरसहितको टोलीले वर्षा र बाढीले पुर्याएको क्षतिबारे बुधबार स्थलगत अनुगमन गरेका छन् ।

उपमहानगरपालिकाको वडा नं. ११ स्थित वनडाँडामा बाढी पहिरोले कटान गरेको छ । धरान १६ स्थित स्व. तारा सुब्बा मेयर पार्कको पश्चिमपट्टिको घेराबार पनि खोलाले कटान गर्नुका साथै नौलो बस्ती नजिकै एउटा रिटेनिङ वाल भत्काएको छ । त्यसैगरी, चिण्डेडाँडा जानका लागि बन्दै गरेको निर्माणाधीन पुल भत्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप