गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री
बिहीबार, ०४ कात्तिक २०७८, १८ : ४५

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताएका हुन् ।
“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए ।
प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)