गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री
बिहीबार, ०४ कात्तिक २०७८, १८ : ४५
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताएका हुन् ।
“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए ।
प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोक सेवा आयोगलाई परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित राखिनु हुँदैन : हरि ढकाल
-
काठमाडौंको खुलामञ्चमा मगर समुदायको भूमे पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारतसँग देखिएको चिया निर्यातको समस्या तत्काल समाधान गरियोस् : जयन्तिदेवी राई
-
राजनीतिक सेटिङका आधारमा गृहमन्त्रीको पुनर्वहाली भन्दै कांग्रेसको भर्त्सना
-
हर्क साम्पाङको माग– ‘१ खर्ब रकमान्तर गरेर सीमामा तारजाली लगाइयोस्’
-
सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोक सेवा आयोगका अध्यक्ष रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण