शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : पौडेल

बिहीबार, ०४ कात्तिक २०७८, १८ : १८
बिहीबार, ०४ कात्तिक २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारको बाटोमा अगाडि बढेको दावी गरेका छन् । नेपाली काँग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काँग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताए । 

“काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भने, “काँग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।” उनले तल्लो तहबाटै काँग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै काँग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको बताए । 

तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिए । 
नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विचार र प्रेरणाको स्रोत बिपी कोइरालापछि रामचन्द्र पौडेल भएको दाबी गर्दै कार्यकर्ताले नेता छान्दा मूल्याङ्कन गर्नुपर्ने र १४औंँ महाधिवेशनमा सही नेतृत्व छनोट गर्न आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप