अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद कार्तिक १० सम्म लम्बियो
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै आफ्नो सरकारको आयु केही दिन बढाउने पहल गरेकी हुन् ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक पर सारिएको हो ।
बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरुले छलफल गरेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको बाँकी प्रक्रिया अर्को बैठकमा हुने गरी सभामुख श्रेष्ठले बिहीबारको बैठक स्थगित गरेका छन् ।
विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्ने चेतावनीसमेत दिएका थिए ।
स्रोतका अनुसार विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष समावेदन गर्ने सम्भावना छ । विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रस्ट बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण